आइपिएल: बैंगलोर बिरुद्ध चेन्नईको जित पक्का जस्तै ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आइपिएल: बैंगलोर बिरुद्ध चेन्नईको जित पक्का जस्तै !



महाराष्ट्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको रोयल च्यालेंजर बैंगलोर र चेन्नई सुपर किंग्स बिचको खेल निकै रोमाञ्चक भइरहेको छ । पहिले ब्याटिंग गरिरहेको बैंगलोरले खासै खेलमा चमत्कार गर्न सकेको छैन ।

२० ओभरको खेलमा बैंगलोरले ९ विकेट गुमाउँदै जम्मा १२७ रन बनाउँदै चेन्नई सामु  १२८ रन को टार्गेट प्रस्तुत गरेको छ । प्लेअफमा राम्रो अङ्कको लागी आजको खेलमा जित्नै पर्ने बाध्यता बैंगलोरलाई थियो ।

एम एस धोनीको टिम चेन्नई सुपर किंग्स खेलमा आक्रामक देखिएको छ । बैंगलोरका टिम क्याप्टेन विराट कोहलीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् ११ बलमा ८ रन बनाएर उनी आउट भएका थिए । भने पार्थिव पटेलले ४१ बलमा ५३ रन बनाएका थिए ।

र यो पनि

दिल्ली र हैदराबादको घम्साघम्सी, जित्ला त डेयरडेभिल्सले ?