दिल्ली र हैदराबादको घम्साघम्सी, जित्ला त सन्दीपको टिमले ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दिल्ली र हैदराबादको घम्साघम्सी, जित्ला त सन्दीपको टिमले ?



नयाँ दिल्ली –इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबार दिल्ली डेयरडेभिल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । अंक तालिकाको शिर्षस्थानमा रहेको हैदराबाद र सातौँ स्थानमा रहेको दिल्लीको खेल रोमान्चक पनि छ ।

प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न शनिबार दिल्लीका ब्याट्सम्यानका लागि हैदराबादका किफायती बलर चुनौती बन्न सक्नेछन् ।

पछिल्लो संस्करणमा जस्तै यो संस्करणमा पनि दिल्लीले सुधारिएको खेल प्रदर्शन गर्न सकेको छैन । दिल्लीको प्रतियोगिताबाट बाहिरिने खतरा यथावतै छ र नौ खेलमा दिल्लीले मात्रै ३ खेलमा जित हात पारेको छ । गौतम गम्भीरको कप्तानीमा थुप्रै खेल हारेको दिल्लीले युवा कप्तान श्रेयस अय्यरको कप्तानीमा केही सुधारिएको प्रदर्शन गरेको छ । गम्भीरले आफै कप्तानबाट राजीनामा दिएका थिए । दिल्लीले पछिल्लो खेलमा राजस्थान रोयल्सलाई हरायो । पृथ्वी शा, कप्तान अय्यर तथा ऋषभ पन्तले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । तर कोलिन मुन्रो र ग्लेन म्याक्सवेल जम्न सकेका छैनन् ।

बलिङतर्फ जारी सिजनमै दिल्लीका ट्रेन्ट बोल्टको प्रदर्शन उत्कृष्ट रहेको छ । उनले अहिलेसम्म ९.१३ को इकोनोमी रेटमा १३ विकेट लिइसकेका छन् । बोल्टले प्रायः अन्तिम ओभरमा निकै प्रवाभ देखाइरहेका छन् । सनराइजर्ससँगको खेलमा बोल्टले मात्रै होइन, लियाम प्लंकेट, आवेश खान तथा शाहबाज नदीमले पनि किफायती बलिङ गर्दै ब्याट्सम्यानमाथि दबाब बनाउनु पर्ने देखिन्छ । शीर्ष स्थानमा रहेको सनराइजर्सलाई जित्न पुछारबाट दोस्रो स्थानमा रहेको दिल्लीले निकै कडा मेहनत गर्नु पर्ने देखिन्छ ।

त्यस्तै सनराइजर्स हैदराबाद आठ खेलमा ६ खेल जित्दै १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । यो प्रतियोगितामा सनराइजर्सका बलरहरुले कमाल गरेका छन् भन्दा हुन्छ । निकै कम स्कोर बनाएर पनि उनीहरुले उत्कृष्ट बलिङ गर्दै खेल आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।

जारी आईपीएलमा सबैभन्दा आक्रामक बलिङ सनराइजर्सकै रहेको छ । जोसँग सिद्धार्थ कौल, राशीद खान, सन्दीप शर्मा तथा बासिल थम्पी जस्ता बलरहरु रहेका छन् भने शाकिब अल हसन, मोहम्मद नाबी तथा यूसुफ पठानजस्त अलराउण्डर खेलाडी रहेका छन् । सनराइजर्सले पछिल्लो खेलमा किंग्स इलावेन पञ्जाबजस्तो बलियो टिमलाई १९ ओभर २ बलमा ११९ रनमै अलआउट गरेको थियो । त्यस्त्ै २९ अप्रिलमा राजस्थानसँगको खेलमा १५२ रन बनाएको सनराइजर्सले राजस्थानलाई १४० रनमै रोकेको थियो ।

अझ महत्वपूर्ण कुरा त के छ भने भुवनेश्वर कुमारबिना पनि सनराइजर्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । कप्तान केन विलियम्सनले पक्कै पनि यस खेलमा कुमारले खेल्न सक्ने आशा गरेका छन् । ब्याटिङतर्फ विलियम्सन आफैले मोर्चाको नेतृत्व गरेका छन् । तर शिखर धवन, मनिष पाण्डे, रिद्धिमान साहा, दीपक हुड्डा तथा यूसुफ पठानले पनि जुनसुकै बेला खेलको पासा पल्टाउन राख्ने सामथ्र्य राख्दछन् ।

र यो पनि

सर्वाधिक छक्का हान्ने भारतीय क्रिकेट खेलाडीहरु