अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइँदै - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइँदै



हिमालपोस्ट/काठमाडौँ

जुन २१, २०१९(२०७६ असार ६) का दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको संयोजनमा अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइने भएको छ।

विश्वभरि योगको लोकप्रियता बढ्दै गएको सन्दर्भमा, नेपालमा पनि योग संस्कृतिलाई प्रवर्द्धन गर्न यो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा प्रभातफेरि, योगाभ्यास र प्रवचन कार्यक्रम प्रमुख रहनेछन् तथा नेपाल सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्ने र प्रमुख आतिथ्य ग्रहण गर्ने बताइएको छ।

शुक्रबार बिहान ७ बजे शान्तिबाटिकाबाट प्रभातफेरि सुरु गरिने बताइएको छ। प्रभातफेरि बागबजार, पुतलीसडक, सिंहदरबार, भद्रकाली हुँदै राष्ट्रिय सभागृहमा प्रवेश गर्नेछ।

बिहान ८:३० देखि १०:३० सम्म योगाभ्यासको समय राखिएको छ। यसमा ब्रह्मकुमारी राजयोगद्वारा ध्यान गराइने र प्रवचन दिइने बताइएको छ।