नेपालमै छायांकन गरिएको अर्जुन कपुर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’को टिजर - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपालमै छायांकन गरिएको अर्जुन कपुर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’को टिजर



काठमाडौं – पोखरा आसपास छायांकन गरिएको अर्जुन कपूर स्टारर हिन्दी फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजरमा पोखराका दृश्यसमेत देख्न सकिन्छ ।

भारतमा भएको आतंकवादी आक्रमणपछि अपराधी खोज्न नेपाल आएको भारतीय टिमको कथामा फिल्म बनेको टिजरबाट बुझ्न सकिन्छ । नेपाली कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् ।

वास्तविक घटनामा आधारित रहेर तयार पारिएको यो फिल्मको लेखन तथा निर्देशन राजकुमार गुप्ताले गरेका हुन् ।