पठन संस्कृतिको विकासमा दृढ नरेन्द्र मोदी - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

पठन संस्कृतिको विकासमा दृढ नरेन्द्र मोदी



हिमालपोस्ट/काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन् –  ‘बुके होइन बुक दिनुहोस्।’ उनको आशय हो – उपहार दिँदा फूलको बुकेको साटो पुस्तक दिँदा राम्रो। धेरैले उनको कुरा हृदङ्गम गरी पुस्तक उपहार दिन सुरु गरिसकेका छन् र बिस्तारै यो संस्कृति फैँलदै छ।

नरेन्द्र मोदी आफू पनि पुस्तक पढ्छन्। गत हप्ता ‘मन की बात’ नामक उनको रेडियो कार्यक्रममा उनले पुस्तकहरूको चर्चा गरेका छन्। उनलाई कसैले उपहारमा दिएको प्रेमचन्दका कथाहरूबाट आफूले पढेका कथाहरूबारे उनले बोलेका छन्। करिब शताब्दीअघि लेखिएका भए पनि ती कथाहरू अहिलेसम्म सान्दर्भिक रहेको तर्क उनको छ। ती कथा पढेर आफ्नो सङ्घर्ष सम्झना भएको उनी सुनाउँछन्। उनी त्यही कार्यक्रममार्फत पुस्तक पढ्न र पढेको पुस्तकबारेको आफ्नो बिचार नरेन्द्रमोदी एप मार्फत सेयर गर्न आग्रह गर्छन्।

आफ्नो आग्रह मानिसहरूले पछ्याएको देख्दा उनलाई खुसी लागेको छ। उनले ट्वीटमार्फत खुसी व्यक्त गरेका छन्। यस्तो छ उनको ट्वीट