भारतीय लोकसभा चुनाव खर्च - प्रति मतदाता रू कति ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

भारतीय लोकसभा चुनाव खर्च – प्रति मतदाता रू कति ?



भारतमा हालै सम्पन्न भारतीय लोकसभा चुनावमा करिब ६ खर्ब भारतीय रुपैयाँ खर्च भएको छ।

निजी ‘थिङ्क ट्याङ्क’ सस्था ‘सेन्टर फर मिडिया स्टडिज–सीएमएस’ को प्रतिवेदनअनुसार यसपटकको लोकसभा चुनावमा साढे ५ खर्बदेखि ६ खर्ब भारतीय रुपैया खर्च भएको उल्लेख छ।

प्रतिवेदनअनुसार यो रकमको करिब ४०% उम्मेदवार र ३५% राजनीतिक दलले खर्च गरेका हुन्। प्रतिवेदनअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा औसतमा एक अर्ब बराबर खर्च भएको छ, यस हिसाबले एक मतदातामाथि ७ सय भारतीय रुपैयाँ खर्च भएको छ।

यसपटकको चुनावमा सन् २०१४ को तुलनामा झण्डै दुई गुणा बढी नगद र सामाग्रीहरू बरामद भएको निर्वाचन आयोगको भनाई छ। आयोगका अनुसार यसपटक मतदातालाई प्रभावित पार्न लगिँदै गरेको करिब साढे तीन अर्ब बराबरको लागूऔषध, मदिरालगायतका सामाग्री बरामद भए।