भारतको बजेटमा नेपाललाई १७ अर्ब विनियोजन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भारतको बजेटमा नेपाललाई १७ अर्ब विनियोजन



हिमालपोस्ट/काठमाडौँ

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आउँदो आर्थिक वर्षका लागि बजेट आज भारतीय लोकसभामा प्रस्तुत गरिन्। बजेटमा भारतले नेपाललाई नेपाललाई दिँदै आएको अनुदान ४० प्रतिशत वृद्धि गरेको छ। निर्मला सीतारमनले शुक्रबार प्रस्तुत गरेको बजेटमा नेपाललाई १६ अर्ब ८० करोड रुपैयाँ (१० अर्ब ५० करोड भारतीय रुपैयाँ) विनियोजन गरेकी हुन्।

यो भारतले नेपाललाई अघिल्लो वर्ष छुट्याइएको बजेटभन्दा ४ अर्ब ८० रुपैयाँ बढी हो। अघिल्लो वर्ष भारतले १२ अर्ब रुपैयाँ (७ अर्ब ५० करोड भारतीय रुपैयाँ) विनियोजन गरेको थियो।

यसरी नेपाल भारतबाट बढी अनुदान प्राप्त गर्ने देशमा तेस्रो स्थानमा परेको छ। भारतले छिमेकी मुलुकलाई दिने अनुदान बजेटमै उल्लेख गर्छ।