भारतसँग २२८ रनले पराजित भयो विश्वकै 'नम्बर वान' पाकिस्तान - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

भारतसँग २२८ रनले पराजित भयो विश्वकै ‘नम्बर वान’ पाकिस्तान



काठमाडौं- श्रीलंकामा जारी एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध भारतले सानदार जीत निकालेको छ । विश्वकै नम्बर वान टिम भनेर चिनिने पाकिस्तानलाई भारतले सहज रूपमा हराएको छ ।

सोमबार भएको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको सहज जित निकालेको हो। भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा ८ विकेट गुमाएर मात्र १२८ रन बनायो। पाकिस्तानका नसिम साह र हरिस राउफले चोटका कारण ब्याटिङ गरेनन्।

पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रनको योगदान गरे। त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३–२३ रन बनाए।
भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। उनले ८ ओभरमा २५ रन मात्र खर्चिएर ५ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो।