इन्धनको मूल्य घटाउँदा पनि निगमले कमायो १५ दिनमा ६० करोड - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

इन्धनको मूल्य घटाउँदा पनि निगमले कमायो १५ दिनमा ६० करोड



काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको हो ।

नियमका प्रवक्ता मनोजकुमार ठाकुरले नयाँ मूल्य सूची अनुसार पट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेर आएको बताए ।

इन्धनको मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोड प्रक्षेपण रहेको उनको भनाई छ । उनका अनुसार यसअघि २० चैतमा मूल्य घटाउँदा पनि १५ दिनको प्रक्षेपित नाफा ८० करोड रहेकोमा मूल्य बढेसँगै प्रक्षेपित नाफा घटेको छ ।

२० चैतमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ लाखमा झारेको थियो भने डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेर १६५ रुपैयाँ कायम गरेको थियो ।