मोदीले सबै छिमेकीलाई बोलाए, इमरानलाई बोलाएनन् - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

मोदीले सबै छिमेकीलाई बोलाए, इमरानलाई बोलाएनन्



हिमालपोस्ट, काठमाडौँ 

आउँदो मे ३० मा मोदीले भारतको नयाँ प्रधानमन्त्रीका रूपमा सपथ लिँदैछन्। उनको सपथग्रहण समारोहमा बिम्स्टेक राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा गरिएको छ भने, पाकिस्तानका इमरानका खानलाई भने बोलाइएको छैन।

यसले भारतले पाकिस्तानप्रति राख्‍ने दृष्टिकोण छर्लङ्ग्याएको छ भने, सपथ नहुँदै नयाँ भारतीय विदेश नीतिप्रति टीकाटिप्पणी हुन थालेका छन्।

यहाँ स्मरणयोग्य कुरा के छ भने मोदीको विजय लगत्तै इमरान खानले फोन गरेर मोदीलाई हार्दिक बधाई दिएका थिए सँगै अगाडि बढ्ने मौखिक सहमति भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका थिए।