आइजिपी खनाल भन्छन् - अपराधी र भ्रष्टको संरक्षण प्रहरीले गर्दैन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

आइजिपी खनाल भन्छन् – अपराधी र भ्रष्टको संरक्षण प्रहरीले गर्दैन



हिमालपोस्ट/काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी सेवा विशुद्ध रुपमा व्यावसायिक, अनुशासित एवम् मर्यादित सेवा हो भन्ने भावनाले प्रेरित भई नागिरक र प्रहरीबीचको सम्वन्धलाई प्रगाढ तुल्याउन लाग्नुपर्ने र कानुनी राज्यमा अपराधी उम्कन नसक्ने र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरी हुनै नसक्ने बताएका छन् ।

जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा सञ्चालित २–१७५औँ समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा खनालले यस्तो बताएका हुन् ।  उनले भने, ‘‘नागरिक र प्रहरी समाजका अभिन्न अङ्ग हुन् । कानुनी राज्यमा अपराधी उम्कने सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरीबाट कहिल्यै हुन सक्दैन ।’’

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले सपथग्रहणको क्रममा लिएका प्रतिवद्वताहरू कदापी नबिर्सि कार्यक्षेत्रमा लाग्नुपर्ने बताए । २०७५ साउन २७ गतेदेखि सञ्चालित उक्त तालिममा ३ सय ५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

(फाइल फोटो)