होराइजनमा खेल सप्ताह सुरु - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

होराइजनमा खेल सप्ताह सुरु



बुटवल । रुपन्देहीको तिलोत्तमा १ मा रहेको होराइजन गौतम बुद्ध स्कुलमा बुधबारदेखि खेल सप्ताह सुरु भएको छ ।

बिद्यार्थीको अन्तरनिहित प्रतिभाको बिकासका लागि आयोजित खेल सप्ताहको न्यू होराइजन संस्थाका प्रमुख लोकनाथ उपाध्यायले उद्घाटन गरे ।

खेल सप्ताह अन्तर्गत बुधबार फुटवल, भलिबल, ज्याब्लिङ थ्रो, सट पुट लगायतका खेलका साथै अन्य छनोट चरणका खेलहरु सम्पन्न भएको अतिरिक्त क्रियाकलाप प्रमुख मिलन रानाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि न्यू होराइजन संस्थाका प्रमुख लोकनाथ उपाध्यायले खेलकुदले बिद्यार्थीको पढाईमा पनि सहयोग गर्ने हुदा खेलकुदलाई सैक्षिक संस्थाहरुले बिशेष महत्वका साथ संचालन गर्ने गरेको बताए ।

त्यस्तै बिद्यालयका संस्थापक प्रचार्य गोपाल प्रसाद आचार्यले खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने बताए ।

होराइजन गौतम बुद्ध स्कुलका प्राचार्य गोपाल प्रसाद आचार्यको अध्यक्षता, न्यू होराइजन संस्थाका प्रमुख लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यता, जनज्योती क्लब डिंगरनगरका अध्यक्ष मित्रलाल न्यौपानेको बिशिष्ट आतिथ्यतामा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।

बिद्यालयका सह प्राचार्य ज्ञानेश्वर ज्ञवालीको स्वागत र बाबुराम गैरेको संचालनमा सम्पन्न कार्यक्रममा शैक्षिक निर्देशक जिबनाथ भण्डारी, अतिरिक्त क्रियाकलाप प्रमुख मिलन राना लगायतले बोलेका थिए ।