हिरोको बुटवलमा माईलेज टेष्ट - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

हिरोको बुटवलमा माईलेज टेष्ट



बुटवल । हिरो मोटरसाईकलको लागि नेपालको आधिकारी विक्रेता नेपाल जनरल माकेटिङ्ग प्रालि(एनजेएम) बुटवल बुटवल शोरुपले शुक्रवार मोटरसाईकलको माईलेज टेष्ट गराएको छ ।

मोटरसाईकल प्रयोगकर्ताहरुबाट नै के कसरी मोटसाईकल चलेको छ भन्ने विषयमा जानकारी दिन विशेष प्रविधिकहरुको निगरानीमा बुटवल–११ कालिकानगर सो–रुममा माईलेज टेष्ट गराइएको हो ।

जस अनुसार १ सय २५ सिसीको सुपर स्पीन्डर मोटरसाईकल एक लिटर पेट्रोलमा ९८ किलोमिटर गुडेको थियो । सोही अनुसार उक्त मोटरसाईकल प्रयोगकर्ता जुद्ध बहादुर भुषाल प्रथम भएका छन् ।

उनलाई कम्पनीका आफ्टर सेल्स रिजनल म्यानेजर प्रकाश फुयाल् ले मायाँको चिनो तथा आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

कम्पनीको बुटवल सो–रुम प्रमुख सब बहादुर कुमालका अनुसार ग्राहकले नियमित रुपमा सर्भिसिङ्ग गरेको छ या छैन, जेनियुन पार्टस राखेको छ या छैन भन्ने विषयमा समेत प्राविधिहरुले चेक जाँच गरेका थिए ।

कम्पनीका भेषराज पोखरेलका अनुसार माईलेज टेष्ट कार्यक्रममा ३६ जना उपभोक्ताहरु सहभागी भएका थिए ।