पूर्व युवराज्ञी हिमानी शाहले किन गर्दैछिन आज पत्रकार सम्मेलन ?

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले आज पत्रकार सम्मेलन मार्फत आफ्ना धारणाहरु सार्वजनिक गर्ने भएको छ ।
ट्रष्टकी संस्थापक तथा अध्यक्ष शाह आफै उपस्थित हुने पत्रकार सम्मेलन के विषयमा आयोजित हो भन्ने कुरा भने गोप्य राखिएको छ ।
ट्रष्टको केन्द्रीय कार्यालय वालुवाटारमा दिउँसो एक बजे पत्रकार सम्मेलन आयोजना गरिएको पूर्व राजाका सम्वाद सचिव डा. फणिराज पाठकले जानकारी दिए ।
पूर्व राजपरिवारको सामाजिक संस्था हिमानी ट्रष्टले देशमा विपत्ति आइपरेका बेला पीडितहरुलाई राहत र सहयोग उपलव्ध गराउँदै आएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह ट्रष्टको संरक्षक रहेका छन् ।

