चर्चित गायक हेमराज थापाको "फुच्ची मायाले" सार्वजनिक (भिडियो सहित ) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चर्चित गायक हेमराज थापाको “फुच्ची मायाले” सार्वजनिक (भिडियो सहित )



बिशाल पाण्डेय / कैलाली । लामो समयदेखि सांगीतिक क्षेत्रमा छुुट्टै पहिचान बनाउन सफल गायक हुन हेमराज थापा । सुदूरपश्चिम प्रदेशको कैलालीको घोडाघोडी नगरपालिका -१० पहलमानपुर घर भइ सानै उमेरदेखि गायन क्षेत्रमा नाम कमाउन सफल रहेको नाम हो हेमराज थापा (बाबुराजा) ।

हाल काठमाडौंमा रहेर नयाँ नयाँ  गित संगितहरु ल्याउने क्रममा गायक थापाले नयाँ पप गीतको भिडियो बजारमा ल्याएका छन् । युवा बर्गलाई लक्षित गरेर निमार्ण गरिएको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ ।

हेमराज थापा (बावुराजा) को शब्द तथा संगीत रहेको उक्त गीतमा र्‍याप बवुल क्षेत्रीको रहेको छ भने एरेन्ज केशव बढुले गरेका छ्न ।

निर्देशक विक्रम चौहानले निर्देशन गरेको उक्त म्युजिक  भिडियोमा हेमराज थापा (बाबु राजा) र चन्दा दाहालको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन प्रकाश खड्काले गरेका छ्न भने  , सम्पादन राजेश कुमारले गरेका हुन ।

हेर्नुहोस भिडियो :

https://m.youtube.com/watch?feature=youtu.be&v=HrIkUGB_fkg