मृगौलापिडितलाई सहयोग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मृगौलापिडितलाई सहयोग



बुटवल, २ मंसिर । एक गाबिस एक कृषि भेटनरी प्राबिधिकको रुपमा सोलुखुम्बु जिल्ला कृषि कार्यालयका पासाङ सेर्पा दुबै मृगौला पिडित भएको भन्दै रुपन्देहीका कृषि भेटनरी प्राबिधिक कर्मचारी हरुले सोही स्थानमा नै पुगेर सहयोग गरेका छन् ।

मानवता देखाई काठमाण्डौ निवासी सेर्पालाई सबैले सहयोगको लागी अपिल समेत गरीएको छ ।

कर्मचारीको टोलीले २२ हजार १ सय ५ रुपैयाँ प्रदान गरेको छ ।

नेपाल कृषि भेटनरी एक गाबिस एक प्राबिधिक कर्मचारी हक हित संरक्षण समिति अध्यक्ष दोलराज गैरे, सचिव ऋषि खनाल र सहसचिव सरोज पन्थको शुक्रबार सहयोग रकम हस्तान्तरण गरेको थियो ।