मौलिकतालाई मध्य नजर गर्दै हाउडे मायाले ल्याइन 'कर्कलाको पात'(भिडियो ) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मौलिकतालाई मध्य नजर गर्दै हाउडे मायाले ल्याइन ‘कर्कलाको पात'(भिडियो )



समीर प्रकाश पाण्डे
तीज पर्व नजिकिँदै गर्दा तीज विशेष गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ । यसैक्रममा माया सिरिजबाट दर्शकहरू माझ निकै रुचाइएकी गायिका सृजना खत्री हाउडे मायाले मौलिकतामा आधारित तिज गीत “कर्कलाको पात” बजारमा ल्याएकी छिन्।

लोक पप, आधुनिक गीत सङ्गीतमा आधारित गीतहरू बजारमा ल्याउने क्रममा मौलिकतालाई मध्य नजर गर्दै केही फरक खालको तीज गीत सार्वजनिक गरेको बताउँछिन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन रहेको सो गीतामा शब्द तथा सङ्गीत सृजना खत्री कै रहेको छ भने गीतको भिडियोमा निकै टिपिकल तरिकाले आफैले अभिनय पनि गरेकी छिन्।

तीजमा घर भन्दा टाढा रहेका नारीहरूको परिवेशलाई गीतमा समेटिएको छ । युवराज खत्रीको छायाङ्कन तथा सम्पादन रहेको भिडियोमा पछिल्लो समयका व्यस्त निर्देशक विक्रम चौहानको निर्देशनमा रहेको भिडियोमा बसुन्धारा भुसाल, दिपाशा बि:सी, सृजना खत्री, हिमानी ढुङ्गेलको अभिनय रहेको छ ।