कानुन बमोजिम हातहतियार बुझाउ : प्रशाषन - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

कानुन बमोजिम हातहतियार बुझाउ : प्रशाषन



आचार्य प्रदीप
बुटवल : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कानून बमोजिम अनुमति प्राप्त गरेको व्यक्तिको नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हातहतियार बुझाउन आग्रह गरेको छ ।

कार्यालयले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै कार्तिक मसान्त सम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही वा नजिकैको इलाका प्रहरी कार्यालयमा हातहतियार बुझाउन आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीद्वारा जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ, “निर्वाचन अवधिभर कानून बमोजिम प्राप्त गरेको व्यक्तिको नाममा रहेका हातहतियार जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने नेपाल सरकारको नीति रहेको हुँदा हातहतियार बुझाउन जानकारी गराइन्छ, कोही कसैबाट यस सूचनाको बर्खिलाप हुने गरी काम कारवाही भएमा कानून बमोजिम हदैसम्म कारवाही हुने व्यहोरा समेत सबैलाई सुचित गरिन्छ ।”