हर्क साम्पाङले गरे काठमाडौं नगर प्रहरीका एसपी पाण्डेको प्रशंसा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

हर्क साम्पाङले गरे काठमाडौं नगर प्रहरीका एसपी पाण्डेको प्रशंसा



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेको प्रशंसा गरेका छन् ।

काठमाडौंका मेयर बालेन्द्र शाहको नेतृत्वमा काम गरिरहेका प्रमुख एसपी पाण्डेको प्रशंसा गर्दै हर्कले सामाजिक सञ्जालमार्फत उनलाई ‘नेपालका दबंग’ भएको बताएका छन् ।

मेयर शाहले त्यसअघिका एसपी धनपति सापकोटालाई हटाएर गत २ भदौको निर्णय अनुसार पाण्डे नगर प्रहरी प्रमुखमा नियुक्त भएका थिए ।

पाण्डेको तस्बिर सेयर गर्दै मेयर साम्पाङले भनेका छन्, ‘हेर्ने आँखा आफ्नो आफ्नो हुन्छ तर यी व्यक्ति नेपालका दबंग हुन्न् ।’