हर्क साम्पाङ झन् आक्रामक- दलीत आयोगमाथि फेरि खनिए - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हर्क साम्पाङ झन् आक्रामक- दलीत आयोगमाथि फेरि खनिए



काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ झनै आक्रामक बन्न थालेका छन् । आफूलाई सहयोग नगर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन निर्देशन दिएलगत्तै उनले दलित आयोगमाथि कडा टिप्पणी गरेका छन् ।

साम्पाङले जातिय सद्भाव भड्काउने राष्ट्रिय दलित आयोगलाई कारवाही गर्न  माग गरेका छन् । मेयर साम्पाङले शुक्रबार साँझ सामाजिक संजालमा एक स्टाटस अपडेट गर्दै यस्तो माग गरेका हुन् ।

उनले फेसबुकमा  लेखेका छन्, मलाई नहुने आरोप लगाउने र जातिय सद्भाव भड्काउने राष्ट्रिय दलित आयोगलाई कारवाही गर्न म पनि माग गर्दछु ! सम्पूर्ण नेपाली समाजको ध्यानाकर्षण गराउन चाहन्छु !’

यसअघि केहीदिन पहिले मेयर साम्पाङले आफ्नो फेसबूकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय दलित आयोगले उनलाई अभिव्यक्ति सच्यायर आत्मालोचना गर्न अनुरोध गरेको थियो ।