हरियाणा काङ्ग्रेसका प्रवक्ताको हत्या - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

हरियाणा काङ्ग्रेसका प्रवक्ताको हत्या



भारतीय काङ्ग्रेस हरियाणा काङ्ग्रेसका प्रवक्ता विकास चौधरीको हरियाणाको फरीदाबादमा गोली हानी हत्या गरिएको छ । उनका शरीरमा कम्तीमा ८ देखि १० गोली लागेका छन् ।

गोली लागेपछि गम्भीर घाइते भई ढलेका उनलाई तुरुन्तै चौधरीलाई सर्वोदय अस्पताल लगिएको थियो तर डाक्टरले बचाउन सकेनन् । घटनास्थलमा १२ वटा गोलीका खोल भेटिएका छन् ।

दुई जना व्यक्तिले चौधरीमाथि गोली हानेको प्रहरीले बताएको छ।

विकास चौधरीको हत्यापछि हरियाणा काङ्ग्रेसका अध्यक्ष अशोक तन्वरले ‘जङ्गल राज’को प्रतिक्रिया दिएका छन् । कानुनको कसैलाई डर नभएको बताउँदै उनले हत्याको गम्भीर छानबिन हुनुपर्ने माग राखेका छन्।