हरिदत्त फुलारा र संगिता रानाको नयाँ गीत ‘सँगैसँगै हिँडे पनि’ सार्वजनिक (भिडियाे सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हरिदत्त फुलारा र संगिता रानाको नयाँ गीत ‘सँगैसँगै हिँडे पनि’ सार्वजनिक (भिडियाे सहित)



काठमाडौं । गायक हरिदत्त फुलारालेे नयाँ ‘क्लासिकल’ गीत बजारमा सार्वजनिक गरेका छ्न । उनले ‘सँगैसँगै हिँडेपनि नजिकिन सक्दिन म..’ बोलको नयाँ गीत बुधबार बजारमा सार्वजनिक गरेका हुन ।

यो गीतमा गायक फुलारासँगै चर्चित गायिका संगिता राना प्रधानले स्वरमा साथ दिएकी छन् । गीतमा संगीत स्वयम् गायक फुलाराकै छ भने, संगित एरेन्ज हरि लम्सालले गरेका छन् । यस्तै, गीतमा शब्द सुवास चन्द्र ढुगेंलको रहेको छ ।

गायक फुलाराका यसअघि ‘हसायो मायाँले’, ‘सम्झनामा डुबायर’, ‘मैले मन पराएँ’, ‘गीत तिमि संगित तिमी’, ‘मेरो देश’, ‘नक्कली’ बोलका गीत बजारमा आइसकेका छन् । र, स्रोतादर्शकले राम्रो रुचाएका छन् । झण्डै डेढ दशकदेखि नेपाली सङ्गीतमा लागि पर्दै आएका गायक फुलारा पछिल्लो समय अलग्गै पहिचान बनाउँदै गएका छन् ।

भारत, काँशी हिन्दु विश्व विद्यालयबाट शास्त्रीय संगीत अन्तर्गत गायन बिधामा माष्टर डिग्री गरेका गायक फुलारा पश्चिम नेपाल धनगढीका स्थानीय वासिन्दा हन् । उनले त्यहाँको सैनिक आवासिय महाविद्यालयमा दुई वर्ष संगीत प्रशिक्षकको रुपमा काम गरेपश्चात २०७१ सालबाट काठमाडौंलाई कर्मथलो बनाएर गीत, संगीतको क्षेत्रमा क्रियायाशिल रहँदै आएका छन्।

भिडियो हेर्नुहोस :