हरेक प्रदेशीको आफ्नै कथा व्यथा लिएर आए गायक विवश बस्नेत (भिडियो सहित) - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

हरेक प्रदेशीको आफ्नै कथा व्यथा लिएर आए गायक विवश बस्नेत (भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं,७ 

मार्मीक शब्द ,स्वर र उत्कृष्ट अभिनयमा सजिएको दसैँ तिहार गीत “प्रदेशीको दसैँ तिहार ”हालै मात्र सार्वजनिक भएको छ । सहारा फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. लिई.ले बजारमा ल्याएको विवश बस्नेतको सुमधुर स्वरमा सजिएको यस गीतको सङ्गीत दीपक शर्मा र शब्द लेखु सहयात्रीको छ। आफ्नो आफन्त र गाउघर सम्झदै माहान चाड पर्वमा पनि टाढा बस्न परेको पिडालाई यस गीतको म्युजिक भिडियोमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

मोडेल तथा निर्देशक शिवन पोखरेलको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियो मनछुने र हरेक परदेशीको आफ्नै कथामा आधारित छ।

अजय रेग्मीको छायाङ्कन, अधिनायक मान शेरचनको सम्पादन रहेको यस म्युजिक भिडियोमा कलाकार अमृत फुयाल, अर्चना मगर, शेर बहादुर डी.सी. र कल्पना खड्काको अभिनय रहेको छ ।