मुम्बई बमकाण्डका अभियुक्त हाफिज पक्राउ - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

मुम्बई बमकाण्डका अभियुक्त हाफिज पक्राउ



हिमालपोस्ट/काठमाडौँ

मुम्बई आक्रमणका अभियुक्त हाफिज सइदलाई पाकिस्तानको लाहोरमा पक्राउ गरिएको छ। पाकिस्तानको पन्जाबमा आतङ्कवाद-निरोधी विभागले सइद सहित १३ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

आतङ्कवादका लागि रकम सङ्कलन गरेको आरोप उनीहरूमाथि लागेको छ। उनीहरूले यसका लागि गैर-सरकारी संस्था गठन गरेको र तिनै संस्थामार्फत् प्रतिबन्धित संस्थाहरूका लागि चन्दा सङ्कलन गरेको आरोप छ।

अहिले हाफिजलाई कोट लखपत जेलमा राखिएको छ। उनलाई गुजराँवाला जाँदै गर्दा पक्राउ गरिएको हो।  उनको गिरफ्तारीलाई लिएर भारत र पाकिस्तानमा चर्चा चुलिएको छ।

(बीबीसी हिन्दीको सहयोगमा)