गुराँस लाइफद्बारा एकै दिन ४ मृत्यु दाबी भुक्तानी - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

गुराँस लाइफद्बारा एकै दिन ४ मृत्यु दाबी भुक्तानी



विशाल पाण्डेय/ सुखड , कैलाली ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड , क्षेत्रीय कार्यालय धनगढी र उपशाखा सुखडले एकैदिन ४ जनाको मृत्यु दाबी रकम भुक्तानी गरेका छ्न ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ बस्ने , बिमित स्वर्गीय जलधरा देबि बमको मृत्यु दाबी रकम रु.२ लाख ३३ हजार १०८ बराबरको चेक मृतक बमको घरमै पुगि सुखड उपशाखा कार्यालय प्रमुख अशोक कुमार भण्डारीले परिवारलाई हस्तान्तरण गरेका छ्न ।

गत बैशाख ७ गते कैलालीको लम्की चुहा नगरपालिका वडा नं.२ रोरा पुल मन्दिर नजिकै सुखडबाट लम्की तर्फ जाँदै गर्दा से ४ प ४८९० नम्बरको स्कुटि दुर्घटना हुँदा स्कुटिमा सवार जलधरा बमको मुत्यु भएको थियो ।

त्यस्तै धनगढी उपमहानगरपालिका वडा नं २ , बस्ने स्वर्गीय बम बहादुर कुवँरका परिवारलाई रु १ लाख २६ हजार ४०१ रुपैयाँ , धनगढी उपमहानगरपालिका वडा नं १४ , बस्ने स्वर्गीय सत्य देवि लामिछानेका परिवारलाई रु.१ लाख ३३ हजार रुपैयाँ र कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं २, बस्ने स्वर्गीय केसर रानाको मृत्यु दाबी रकम मृतकका छोरा नवीन रानालाई उमेर १६ बर्ष नपुगुन्जेल सम्म वार्षिक नविकरण छुट सहित मासिक शैक्षिक सुबिधा सहित रु ५ सय पाउने दरले अहिले रु १ हजार बराबरको चेक क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रशिक्षक तारा सिंह बमले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छ्न ।