त्रिभुवन माविलाई रु २० लाख सहयोग - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

त्रिभुवन माविलाई रु २० लाख सहयोग



गुल्मी । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयलाई भूपूविद्यार्थीबाट रु २० लाखभन्दा बढी आर्थिक सहयोग प्राप्तभएको छ ।

मुसिकोट नगरपालिका–६, कुर्घा, भुवाचिदीस्थित विद्यालयका लागि सोही वडा कुर्घा देउताथान जन्म भई हाल चितवन बसोबास गर्दै आउनुभएका घनश्याम शर्माले रु २० लाख पाँच हजार एक रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

विद्यालयका भूतपूर्व विद्यार्थीसमेत रहनुभएका उहाँ हाल भने रोजगारीको सिलसिलामा बेल्जियममा कार्यरत हुनुहुन्छ ।

शर्माले आफ्नी स्व माता डिलादेवी शर्मा पँगेनीको सम्झनामा डिलादेवी स्मृति सभाहल र डिलादेवी स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने गरी उक्त आर्थिक सहयोग गर्नुभएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

स्थापनाको ५० वर्ष पुगेको अवसरमा विद्यालयले आउँदो फागुन ३ देखि ७ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।

यतिबेला महोत्सवको नारा ‘गुणस्तरीय प्राविधिक शिक्षा, नमूना विद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित महोत्सवलाई लक्षित गर्दै आर्थिक संकलन र प्रचार प्रसारलाई तिव्रता दिएको विद्यालयका शिक्षक रायमाझीले जानकारी दिनुभयो ।