गुल्मीको विकासका लागि प्रदिप ज्ञवालीले सुनाए यस्तो योजना - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

गुल्मीको विकासका लागि प्रदिप ज्ञवालीले सुनाए यस्तो योजना



मंसिर २६, गुल्मी– गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रदीप ज्ञवालीले मुलुकलाई स्थिरता र समृद्धि दिन राष्ट्रिय राजनीतिमा केन्द्रित भएर गुल्मी जिल्लालाई सुखी र समृद्ध बनाउने आफ्नो जिम्मेवारी र दायित्व रहेको बताएका छन् ।

नेकपा९एमाले० सचिव समेत रहेका ज्ञवालीले अबको समय जिल्लाका महत्वपूर्ण पूर्वाधारलाई सम्पन्न गर्दै कृषिको आधुनीकीकरण, पर्यटन विकास, युवा स्वरोजगारका कार्यक्रमसँगै जिल्लालाई नमूना बनाउनका निम्ति घोषणा गरिएका कार्यक्रमको थालनीसँगै पुराना कामलाई निरन्तरता दिइने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाको विकासका निम्ति आफू निरन्तर लागिपर्ने बताएका छन् ।  सदरमुकाम तम्घासमा नेपाल प्रेस युनियनले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा निर्वाचन पराजित भण्डारीले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काँग्रेस कमजोर देखिए पनि संविधानको कार्यान्वयनको चरणमा अहिलेको निर्वाचनमा जसले जीते हारे पनि जनताकै जीत भएको बताए ।

नेता भण्डारीले मुलुक राजनीतिक संकटको अन्त्य भएकाले देशलाई विकास र समृद्धिको बाटोतर्फ राजनीतिक दलहरु अघि बढ्नुपर्नेमा जोड दिए । रासस