नक्कली शरणार्थीको अनुसन्धान चलिरहेका बेला गृहसचिव किन हटाइए ? - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

नक्कली शरणार्थीको अनुसन्धान चलिरहेका बेला गृहसचिव किन हटाइए ?



काठमाडौं– नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने ठगी धन्दामा संलग्न बहेको आरोपमा भिआइपी नेताहरू समातिन थालेपछि सरकारले गृह मन्त्रालयको गृहसचिव हेरफेर गरेको छ।

हाल गृहमन्त्रालयमा काम गरिरहेका गृहसचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ भने । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई गृहसचिवको जिम्मेवारी दिइएको छ ।

नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धानले तिब्रता पाएका बेला हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, सचिवलगायतका पदाधिकारी मुछिएर धमाधम पक्राउ पर्न थालेका बेला सरकारले नयाँ गृहसचिवको जिम्मेवारी भट्टराईलाई सुम्पिएको हो।