गोबिन्द ढकाल र देवी घर्तीको ‘माछी तालमा’ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

गोबिन्द ढकाल र देवी घर्तीको ‘माछी तालमा’ सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट/ कैलाली ।
गायक गोविन्द ढकालको ‘माछी तालमा ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । देवीघर्तीको युट्युव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

गायक गोबिन्द ढकाल र चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगरको स्वरमा सजिएको उक्त गीतको रचना राजेन्द्र शाह ‘बिपी’ ले गरेका हुन् भने संगीत विनोद बाजुरालीको रहेको छ ।

निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ द्बारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा सोह सेठ्ठी र रिना थापामगरको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको छायांकन हरिश महराले गरेका छन भने सम्पादन प्रकाश धमलाको रहेको छ ।

यसअघि तीन गीत बजारमा ल्याइसकेका ढकालले यस गीतबाट आफू आशावादी रहेको बताएका छन्। नयाँ लयको र नेपाली जनजीवनसँग मेल खाने गीत भएकाले यस गीतले झनै दर्शकश्रोताको मन जित्ने उनको विश्वास छ।

प्रवासमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील ढकाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–भारत शाखा बेङ्लोरका अध्यक्ष हुन्। उनले प्रवासमै रहेर पनि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय रहने बताए।
भिडियो हेर्नुहोस :