घोडाघोडी बहुमुखी क्याम्पसमा सि.सि. क्यामरा जडान - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

घोडाघोडी बहुमुखी क्याम्पसमा सि.सि. क्यामरा जडान



ललित जाग्री / सुखड,कैलाली ।
कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा सि.सि. क्यामरा जडान गरिएको छ ।

विश्व विद्यालय अनुदान आयोग, उच्च शिक्षा सुधार परियोजना (HERP) कार्यक्रम अन्तर्गत १ लाख २५ हजार लागतमा घोडाघोडी बहुमुखी क्याम्पसमा १६ ओटा सि.सि. क्यामरा जडान गरिएको छ। उक्त जडित क्यामराको क्षमता ४ टेराबाईट ( TB) रहेको छ। सि.सि. क्यामरा घोडाघोडी बहुमुखी क्याम्पसका सम्पुर्ण प्रशासनिक कक्ष, परिक्षा हल र क्याम्पसको चारै तिर जडान गरिएको छ।

क्याम्पसको आन्तरिक तथा वाह्य सुरक्षा गर्नु र अनुशासन कायम राख्नु सि.सि. क्यामरा जडान गर्नुको मुख्य उदेश्य रहेको र सि.सि. क्यामरा जडान गरि सके पछि विद्यार्थीमा नियमियता आएको क्याम्पस प्रमुख दिनेश राज जोशीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय कैलालीले वि.स. २०७५ पुस ५ गते बिहिबार घोडाघोडी बहुमुखी क्याम्पस लाई सि.सि. क्यामरा जडानको अनुमति दिएको थियो ꫰