भारतीय रङ्गकर्मी गिरीश कर्नाड रहेनन् - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

भारतीय रङ्गकर्मी गिरीश कर्नाड रहेनन्



प्रख्यात भारतीय लेखक, नाटककार तथा अभिनेता गिरीश कर्नाडको आज बिहान मृत्यु भएको छ। उनी ८१ वर्षका थिए। ज्ञानपीठ पुरस्कार विजेता कर्नाडलाई “मल्टिपल अर्ग्यान फेलर”ले ज्यान लियो।

१९३८ मा जन्मेका कर्नाड १९६०-७० को दशकमा विशिष्ट र प्रतिष्ठित रङ्गकर्मी थिए। यही समयलाई भारतीय नाटको पुनर्जागरणको युग मानिन्छ।  उनी फिल्म अभिनेता र निर्देशक पनि थिए। उनका प्रसिद्ध नाट्य पुस्तकहरूमा तुघलक, हयवदन छन्। सबैभन्दा पछिल्लो प्रकाशित नाटक रक्षा तङ्गडी थियो।

मैसुरु राजा टिपु सुल्तानमाथि आफूले व्यक्त गरेका विचारले उनलाई हिन्दुत्व अधिकारकर्मीहरूले खेदो गरेका थिए। उनलाई पत्रकार गौरी लङ्केशलाई मार्ने गिरोहले दोस्रो नम्बरमा राखेको थियो र राज्य पुलिसले उनको सुरक्षा दिइरहेको थियो।