कालापानी विवाद: गिरिजाप्रसादले गरेका थिए सबैभन्दा धेरै पहल - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

कालापानी विवाद: गिरिजाप्रसादले गरेका थिए सबैभन्दा धेरै पहल



काठमाडौं- देशभर आन्दोलन चर्किएको छ । भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपश्चात नेपालीहरू आक्रोशित बनेका छन् । भारतले नेपालालाई हेपेको भन्दै सबै दलले राष्ट्रिय एकता कायम गरेकाछन ।

भारतले जारी गरेको नक्सामा राखिएको नेपाली भूभागबारे विभिन्न तथ्यहरू बाहिर आइरहेका छन् । चीनसँग सीमायुद्ध चलिरहँदा भारतले कालापानीमा सेना खटाएको थियो तर, त्यतिबेला नेपालले भारतलाई कुनै पनि मतलव गरेन । अहिले भने भारतले सोहि आधारमा उक्त भूमि आफ्नो भनि दाबी गरेको छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका कुटनीतिज्ञ मामलाका जानका डा. भेषबहादुर थापाका अनुसार यस बिषयमा पहिले पनि पहल भने भएको थियो । उनका अनुसार चीनसँगको युद्धमा भारतीय सेना खटिएको त्यो भूमी अहिले भारतले दाबी गरेको हो ।

पञ्चायतकालमा राजा महेन्द्र र पछी वीरेन्द्रले पनि यो बिषयमा पहल भने गरेको उनि बताउँछन । बहुदलीय व्यवस्था आएपछि २०४८ सालको आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले कालापानीका विषयमा भारतीय पक्षसँग कुटनीतिक माध्यमले निकै पहल गरेको थापाले बताएका छन् ।

उनका अनुसार कोइराला सबैभन्दा बढी कालापानीको विषयमा दरिलोसँग कुरा उठाउन प्रधानमन्त्री हुन्। भारतका लागि नेपालका राजदूतको लामो अनुभव सँगालेका डा. भेषबहादुर थापा कोइराला प्रधानमन्त्री हुँदा परराष्ट्र सचिवस्तरमा त्यसबारे वार्ता गर्ने भनेर स्टेटमेन्ट नै आएको बताउँछन् ।

गिरिजा प्रसाद कोइरालाको पालाको स्टेटमेन्टमा कालापानीबारे परराष्ट्र सचिवस्तरमा वार्ता गर्ने भनेर निष्कर्षमा पुगेको छ । कोइरालाले देशभित्र सडकमा निकै आलोचना खेप्थे तर विषयको उठान सही ठाउँमा गर्थे । उनले कालापानीको विषय भारतीय पक्षसँग उठाउन छाडेनन् । उनले भने ।

त्यसपछि पनि केहि पहल भने भए तर निष्कर्षमा भने पुग्न नसकेको बताइन्छ । त्यहि निष्कर्षमा पुग्न नसक्नुले निम्त्याएको समस्या अहिले बल्झिएको छ । त्यसैले यो पटक निष्कर्षमा पुग्नेगरी विषय टुंग्याउन जरुरी छ र सबै दलको एक्यबद्धताले यसलाई टुंग्याउन सहयोग गर्नेछ ।