भैरहवा विमानस्थलको रुट भारतले नदिएको प्रधानमन्त्रीको खुलासा ! - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

भैरहवा विमानस्थलको रुट भारतले नदिएको प्रधानमन्त्रीको खुलासा !



केहि समय अगाडी हिमालपोष्टले भैरहवा विमानस्थलको बारेमा उठान गरेको बिषयमा आज ५ नम्बर प्रदेशलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तराष्ट्रिय बन्न बाँकी रहेको खुलाशा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा विमानस्थलमा आउने जहाजका लागि एयर रूटका दिन भारतसँग कुराकानी भइरहेको बताएका छन्।

प्रदेश नम्बर पाँचको संसद बैठकलाई आइतबार बुटवलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समयपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताए।

‘भारतले एउटा मात्र एयर रूट दिएकाले हामीलाई अप्ठेरो छ, फेरि वीरगञ्जबाट सिमरा हुँदै यता आउने तरिका उपयुक्त होइन्, दिल्लीबाट सिधै यता आउन किन नमिल्ने?,’ ओलीले भने, ‘मैले यो विषयमा भारत भ्रमणका क्रममा कुरा गरेको छु।’

उनले भारतले जमिनसँगै आकाशमा पनि कञ्जुस्याइँ गरेको बताए।

‘जमिनमा मात्र होइन आकाशमा पनि कन्जुस्याइँ गर्नुको कुनै आवश्यकता छैन, नयाँ एयर रूट लिन्छौं, भैरहवा विमानस्थल चल्छ,’ ओलीले भने।

 

 

यो पनि: भैरहवा एयरपोर्ट अन्तराष्ट्रिय होइन, दलालले ठग्लान !

हिमालपोष्टले यो विषयलाई गम्भीर रूपले उठान गर्न खोज्दा केही सिन्डिकेटधारी मिडिया र उच्च तहका व्यक्तिहरूबाट हामीलाई यो विषयको पछि नलाग्न आदेश भएको अवगत गराउन चाहन्छौं ।