अत्याधिक गर्मी बढेपछि घोडाघोडीका विद्यालय बन्द - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

अत्याधिक गर्मी बढेपछि घोडाघोडीका विद्यालय बन्द



हिमाल पोस्ट / सुखड ।
अत्याधिक गर्मी बढेपछि घोडाघोडी नगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

घोडाघोडी नगरपालिकाले आइतबार एक सूचना जारी गरी अत्याधिक गर्मीले पठनपाठन कार्य गर्न कठिनाइ भएको भन्ने गुनासोहरु आएकोले ५ दिनसम्मका लागि घोडाघोडीका सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गरिने जनाएको छ ।

नगरिपालिकाले हिउँदे वा वर्षे विदाबाट कट्टा हुने गरी यही जेष्ठ २७ गतेदेखि ३१ गतेसम्म बन्द गरेको छ ।