कैलालीको घोडाघोडीमा महोत्सव हुँदै - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

कैलालीको घोडाघोडीमा महोत्सव हुँदै



विशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीमा घोडाघोडी साङ्गीतिक तथा पर्यटन महोत्सव एवम् व्यापार मेला २०७६ हुने भएको छ । आगामी माघ २ देखी माघ १२ गते सम्म सुखडमा महोत्सव आयोजना हुने भएको हो ।

“स्वास्थ्य, शिक्षा, सूचना विकासको अभियान, कृर्षि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने नाराका साथ घोडाघोडी मिडिया सञ्चार समूहले महोत्सव आयोजना गर्न लागेको
सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

भ्रमण वर्ष २०२० लाई सफल बनाउन महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीले जानकारी दिए । महोत्सवको आयोजनाबाट यस क्षेत्रको पर्यटन ,कृषि ,आर्थिक ,धार्मिक ,सांस्कृतिक विकासका साथै सुदुर पश्चिमको पर्यटनको सम्भावनालाई थप टेवा पुगाउने उदेश्यले यस महोत्सवको आयोजना गर्न लागिएको संयोजक चौधरीले जानकारी दिए ।

यस क्षेत्रमा रहेका घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, घोडाघोडी धार्मिक तथा पर्यटकीय, क्षेत्र बर्दगोरिया धार्मिक क्षेत्र लगाएको प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ । साथै लोकहा भौकहा ताल, कोईलही ताल, जोखर ताल, गोदावरी धाम, चिसापानी, टिकापुर पार्क लगाएको पनि महोत्सवबाट प्रचार गरिने संयोजक चौधरीले बताए ।

महोत्सव भित्र रमाइलो मेला, बाल उद्यान समेत रहने बताइएको छ । उत्कृष्ट स्टल पुरस्कार, कृषि उत्पादन प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति , जनजाति तथा आदिवासी समुदायको रहन सहन र भेषभुषाको समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने, १ करोड भन्दा बढिको कारोबार हुने आयोजकले जनाएको छ । महोत्सवबाट बचेको केही रकमबाट गरिब तथा असहाय अनाथ बालबालिकाहरूलाई सहयोग गरिने आयोजकले जनाएको छ । महोत्सवमा एक सय स्टल रहने छन् ।

पाँच सदस्यीय मुल आयोजक समिति गठन

घोडाघोडी क्षेत्रको पर्यटन ,कृषि ,आर्थिक ,धार्मिक ,सांस्कृतिक विकासका साथै सुदुर पश्चिमको पर्यटनको सम्भावनालाई थप टेवा पुगाउने उदेश्यका साथै सुदुर पश्चिमको विकासका सम्भावना तथा अवसरलाई राष्ट्रिय रुपमा पहिचान गराउनको लागि आयोजना गरिएको महोत्सवमा पाँच सदस्यीय मुल आयोजक समिती तथा उप समिति गठन गरिएको छ ।

जसको आर्थिक उप समिति संयोजक हरेन्द्र चौधरी , प्रचारप्रसार उप समिती संयोजक प्रकाश मिश्र , सांस्कृतिक संयोजक पि. आर भण्डारी , अथिती सत्कार तथा मंच व्यवस्थापन होम प्रसाद आचार्य र खानेपानी ,विद्युत तथा स्थानीय कलाकार संयोजक स्वरुप चौधरी रहेको आयोजकले जनाएको छ ।