घोडाघोडी र साहारा महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको फाइनलमा भिड्दै - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

घोडाघोडी र साहारा महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको फाइनलमा भिड्दै



विशाल पाण्डेय / सुखड , कैलाली ।।
महालक्ष्मी प्रथम घोडाघोडी मेयर कप फुटबल प्रतियोगितामा आयोजक घोडाघोडी क्लब ‘ए’ सुखड र साहारा क्लब ‘ए’ पहलमानपुर प्रथम घोडाघोडि मेयर कपको फाइनलमा भिड्ने भएका छन ।

घोडाघोडी क्लब ‘ए’ सुखड र हरियाली युवा क्लब लक्ष्मीपुर बिचको खेलमा २-१ ले हराउँदै घोडाघोडी क्लब फाइनलमा प्रवेश गरेको हो । घोडाघोडी क्लबको तर्फबाट रुपेश चौधरीले १ गोल र मिनसिंह धामीले १ गोल गरि टिमलाई अग्रता दिलाएका छ्न भने हरियाली क्लब को तर्फबाट टेके रावतले १ गोल गरेपनि खेलले अग्रता नलिदा हरियाली क्लब बाहिरिएको छ ।
त्यस्तै रत्तिपुर युवा क्लबलाई ३ -० ले हराउँदै साहारा क्लब ‘ए’ पहलमानपुर महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको फाइनलमा प्रबेश गरेको हो ।

“घोडाघोडी समबृद्बिका लागि खेलकुद” भन्ने मुल नाराका साथ घोडाघोडी नगरपालिको आर्थिक सहयोग , नगर खेलकुद विकास समितिको संमन्वय तथा घोडाघोडी  क्लबको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता यहि माघ १४ देखि सुरु भएको हो।

प्रतियोगितामा बिजेतालाई  ५१ हजार १ सय ५१ रुपैया सहित ट्फी,मेडल र प्रमाणपत्र र उपबिजेतलाई २१ हजार १ सय २१ रुपैया सहित ट्फी,मेडल र प्रमाणपत्र प्रदान गरीने छ । प्रतियोगिताको फाइनल आइतबार हुने आयोजकले बताएको छ ।