घोडाघोडी कप : सडन डेथमा दाङलाई हराउँदै सहारा फाइनलमा प्रवेश - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

घोडाघोडी कप : सडन डेथमा दाङलाई हराउँदै सहारा फाइनलमा प्रवेश



विशाल पाण्डेय / सुखड ।
सहारा क्लब पहलमानपुर ‘प्रथम आमन्त्रीत घोडाघोडी कप- २०७६’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई सडन डेथमा पराजित गर्दै सहारा फाइनलमा प्रवेश गरेको हो ।

आइतबार भएको खेलमा सहाराले स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई २ का विरुद्ध ३ गोलले हराउँदै विजयी भएको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टीमबाट निर्धारित समयमा गोल हुन नसक्दा खेल पेनाल्टी शुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा पाँच / पाँच जना खेलाडीले पेनाल्टी हान्दा दुई / दुई गोल गरि बराबर हुँदा पुनः सडन डेथमा गोल गर्दै सहारा विजयी भएको थियो । प्रतियोगितामा सहाराका गोल किप्पर अमानत शेख खेलको म्यान अफ द म्याच घोषित भएका छन् ।

घोडाघोडी क्लबको आयोजनामा सुखडमा जारी प्रतियोगिताको बिजेताले २ लाख १ सय १ र उप–विजेताले १ लाख १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनलमा पुग्नको लागि सोमबार आयोजक घोडाघोडी क्लव सुखड र निशर्ग हस्पिटल एण्ड स्टार सिटि धनगढी बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।