घोडाघोडी कप : दाङ विजयी - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

घोडाघोडी कप : दाङ विजयी



विशाल पाण्डेय / सुखड ।

‘प्रथम आमन्त्रीत घोडाघोडी कप- २०७६’ फुटबल प्रतियोगिता अन्तर्गत स्पोर्ट्स स्कुल फुटबल एकेडेमी (एस एस एफ सि) दाङले आफ्नो प्रतिद्वन्दी मसुरिया फुटबल एकेडेमी (एम एफ सि) लाई पराजित गरेको छ ।

शुक्रबार सम्पन्न भएको एस एस एफ सि दाङ र एम एफ सि
को खेलमा एक का विरुद्ध तीन गोलले दाङ विजयी भएको हो । जितका लागि दाङका फागुराम थारुले दुई गोल तथा निशान बलनले एक गोल गरेका थिए भने मसुरियाबाट मिलन सेनतेङ्ग ले एक गोल गरेका थिए । खेलमा दाङका फागुराम थारु म्यान अफ द म्याच घोषित भएका छन् ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ घोडाघोडी क्लबको आयोजनामा गत असोज २५ गतेदेखि कैलालीको सुखडमा सुरु भएको प्रतियोगितामा बिजेताले २ लाख १ सय १ र उप–विजेताले १ लाख १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा शनिबार दिउँसो २ बजे गौरीगंगा -११ र निशर्ग हस्पिटल एण्ड स्टार सिटि धनगढी विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।