घोडाघोडी कप : वि वाइ सि अत्तरियालाई हराउँदै सहारा विजयी - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

घोडाघोडी कप : वि वाइ सि अत्तरियालाई हराउँदै सहारा विजयी



विशाल पाण्डेय / सुखड ।

‘प्रथम आमन्त्रीत घोडाघोडी कप- २०७६’ फुटबल प्रतियोगिता अन्तर्गत सहारा युवा क्लब पहलमानपुरले आफ्नो प्रतिद्वन्दी वनदेवि युवा क्लब (वि वाइ सि) अत्तरियालाई पराजित गरेको छ ।

बिहीबार सम्पन्न भएको सहारा क्लब र वनदेवी युवा क्लबको खेलमा शुन्यका विरुद्ध एक गोलले सहारा विजयी भएको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा सहाराका शरद क्षेत्रीले खेल सकिन अन्तिम ८ मिनेट बाकी रहदा गोल गर्दै टिमलाई जित दिलाएका छन् । खेलमा सहारा क्लबका सरोज क्षेत्री म्यान अफ द म्याच घोषित भएका छन् । सहारा क्लब प्रतियोगितामा विजेताको दाबेदारको रुपमा मानिन्छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ घोडाघोडी क्लबको आयोजनामा यहि असोज २५ गतेदेखि सुरु भएको प्रतियोगितामा पहिलो चरणको खेल सम्पन्न भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १०१ प्राप्त गर्ने छन् भने उप विजेता हुने टिमले १ लाख १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा शुक्रबारबाट सुरु लागेको दोस्रो चरणको पहिलो खेलमा स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङ र मसुरिया फुटबल एकेडेमी बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्ने छ ।