घोडाघोडी कप फुटबल प्रतियोगिता शुरु, एम एफ ए को विजयी शुरुवात - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

घोडाघोडी कप फुटबल प्रतियोगिता शुरु, एम एफ ए को विजयी शुरुवात



विशाल पाण्डेय / घोडाघोडी ।
‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगिता शुरु भएको छ । घोडाघोडी क्लबको आयोजनामा घोडाघोडी नगरपालिका -१ सुखडमा रहेकोे खेल मैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो ।

घोडाघोडी क्लवका अध्यक्ष अर्जुन भट्टको अध्यक्षता भएको फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरी, विशिष्ट अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य (सांसद) अमर बहादुर साउद, घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए ।

कार्यक्रममा बोल्दै संघिय सांसद चौधरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु पनि आफ्नो खेल गाँउ घर बाटै सुरु गरेको बताउदै आयोजक घोडाघोडी क्लवलाई धन्यबाद समेत व्यक्त गरेका छन् । त्यस्तै सुदुरपश्चिम प्रदेश सभा सदस्य अमर बहादुर साउदले यस्ता खालका खेलकुद प्रतियोगिताले घोडाघोडीको पहिचानमा टेवा पुग्ने तथा खेलाडीलाई हौसला प्रदान हुने बताए । सोही कार्यक्रममा बोल्दै घोडाघोडी नगर प्रमुख ममता प्रसाद चौधरीले यति ठुलो धनरासीको स्तरीय प्रतियोगिता आयोजना हुनु यस क्षेत्रका लागि गौरवको कुरा भएको धारणा राखेका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक घोडाघोडी क्लब ‘निलो’ र मसुरिया फुटबल एकेडेमी बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा घोडाघोडी क्लबलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै मसुरिया फुटबल एकेडेमीले विजयी शुरूवात गरेको छ । मसुरियालाई विजयी गराउन चक्र जनलाले दुई गोल गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १०१ प्राप्त गर्ने छ भने उप विजेता हुने टिमले १ लाख १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई पुरस्कार प्रदान गरिने छ ।

यस्तै प्रतियोगितामा आइतबार सडकपुर बौनिया युवा क्लब (SBYC) र निशर्ग हस्पिटल एण्ड स्टार सिटि धनगढी विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्ने छ ।