घोडाघोडी कप फुटबल प्रतियोगिता आजदेखी शुरु हुदै - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

घोडाघोडी कप फुटबल प्रतियोगिता आजदेखी शुरु हुदै



विशाल पाण्डेय / घोडाघोडी ।
‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगिता आजदेखी शुरु हुदैछ । घोडाघोडी क्लबको आयोजनामा आजदेखी सुरु हुने प्रतियोगिताको प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सुदूरपश्चिम प्रदेशलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउन आयोजना गरिएको प्रतियोगितामा प्रदेश नं ५ तथा
सुदूरपश्चिम प्रदेश गरि १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज घोडाघोडी क्लब ‘निलो’ विरुद्ध मसुरिया फुटबल एकेडेमी बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १०१ प्राप्त गर्ने छ भने उप विजेता हुने टिमले १ लाख १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्ने छ ।