घोडाघोडी कप फुटबल प्रतियोगिताको तयारी पुरा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

घोडाघोडी कप फुटबल प्रतियोगिताको तयारी पुरा



विशाल पाण्डेय / घोडाघोडी ।

‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ को तयारी पूरा भएको छ । घोडाघोडी क्लबको आयोजनामा यहि असोज २५ गतेदेखि सुखडमा सुरु हुन लागेको घोडाघोडी कपको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

घोडाघोडी क्लबका अध्यक्ष अर्जुन भट्टले तयारीको बारेमा हिमाल पोस्टलाई जानकारी दिदै घोडाघोडी नगरपालिकालाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउन प्रतियोगिताको आयोजना गरिएको हुँदा सहयोग गरिदिन सम्पूर्णमा आग्रह गरेका छन् । अध्यक्ष भट्टले घोडाघोडी नगरपालिकामा फुटबलको चहलपहल बढाउन, यस क्षेत्रका अभिभावकलाई फुटबल खेलप्रति उत्प्रेरित गराउन, सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउन र युवाहरुलाई कुलतमा फस्नबाट बचाउने उद्देश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।

प्रतियोगितामा दाङ , महेन्द्रनगर ,धनगढी ,अत्तरिया लगायतका ठाउँ गरि १२ वटा टिमको सहभागिता रहेको घोडाघोडी क्लबका सचिव बिष्णु प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १०१ र द्धितिय हुनेले १ लाख १०१ रुपैयाँ पुरस्कार पाउने छन् भने सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधिभर करिब ३० लाख खर्च हुने र अन्दाजी ४५ हजार दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले बताएको छ । प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीद्बारा उद्घाटन गरिने प्रतियोगिताको पहिलो दिन घोडाघोडी क्लब निलो विरुद्ध मसुरिया फुटबल एकेडेमी बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्ने छ ।