घोडाघोडीमा दशै भित्र बत्ती बल्छ - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

घोडाघोडीमा दशै भित्र बत्ती बल्छ



कैलाली । घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले दशै भित्र बत्ती बाल्ने बताएको छ । शनिबार संस्थाले पत्रकार सम्मेलन मार्फत घोडाघोडी नगरपालिकाको वडा नं ५ र ७ मा बिद्युत बाल्ने तयारी गरेको जानकारी दिएको हो ।

वडा नं ५ र ७ मा तार तान्ने काम सकिएको हुदा अब ट्रान्समिटर जडान गर्ने काम मात्र बाँकी रहेको संस्थाका अध्यक्ष भिम बढुवालले जानकारी दिए । उनले कार्यालयमा २३ ओटा ट्रान्समिटर आईसकेको र ६ ओटा आउन बाँकी रहेको जानकारी दिए । उनले भने , ” हाम्रो कार्यालयमा ट्रान्सर्फमर आइसकेको छ , अब एक दुई दिनमा सबै सामान आई सकेपछि जहाँ -जहाँ ट्रान्समिटर राख्नु पर्ने हो, त्यस क्षेत्रमा ट्रान्समिटर जडान गरी दशै भित्रमा बत्ती बाल्ने हो ।”

घोडाघोडी नगरपालिकाको वडा नं ४ ,९ , कैलारी गाउँपालिकाको ८ र गौरीगंगा नगरपालिका वडा नम्बर ११ मा ८० प्रतिशत काम सम्पन्न भईसकेको र अन्य ठाउँमा तीन वटा टोलिले काम गरिरहेको जानकारी दिए ।

रकम संकलन गरेको ८ बर्ष बितिसक्दा पनि बत्ति नबालेको भन्दै स्थानीयहरुले घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थामा यहि भदौ २५ गते कार्यालयमा तालबन्दी का साथै
स्थानीय बासिन्दाहरुले करिब डेढ घण्टा पुर्व पश्चिम् राजमार्ग समेत अवरुद्ध गरेका थिए ।

विद्युुतिकरणका लागि घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले वि.स. २०६८ / २०६९ सालमा घोडाघोडी नगरपालिकाको वडा नं ४, ५, ७ , ९ र गौरीगंगा नगरपालिकाको वडा नं ११ तथा कैलारी गाँउपालिकाको वडा नं ८ बाट प्रति घरधुरी रु १ हजार ५ सय देखी ३ हजारसम्म रकम संकलन गरेपनि अहिलेसम्म बत्ति सकेको छैन ।