घरबार सङ्गै पुनः चर्चामा बिन्दु परियार (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घरबार सङ्गै पुनः चर्चामा बिन्दु परियार (भिडियो सहित)



कमल बिस्ट:पछिल्लो समय चर्चामा रहेका अर्घाखाँचीका सफल सङ्गीतकार सुदिप सागर सङ्ग विवाह गरेपछि गायिका बिन्दु परियारको साङ्गीतिक सफलताले अर्घाखाँचीलाई पनि छुने गरेको छ । पर्ख पर्ख मायालु, पहिलो नम्बरमा जस्ता सुपर हिट गीत बजारमा ल्याइसकेकी गायिका बिन्दु परियारको पछिल्लो गीत घरबार पनि चर्चामा रहेको छ । यश गीतमा बिन्दुलाई नव गायक कृष्ण कार्कीले साथ दिएका छन् ।

सन्तोष सुनारको शब्द सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा नायक पल शाह र नायिका आशा शर्माले अभिनय गरेका छन् । गीत म्युजिक भिडियोमा युवा युवतीको प्रेममा सम्पन्न परिवारकी युवतीको घर ज्वाइँ राख्ने चाहनामा सस्कारि घरको युवाको असहमति लाई मीठो ढङ्गले पस्किएको छ । अहिले यो म्युजिक भिडियो धेरै युवा युवतीहरूले रुचाएका छन् ।

म्युजिक भिडियोको निर्देशन टेकेन्द्र शाह, कोरियोग्राफी राजीव समर , छायाङ्कन रामकुमार केसी ले गरेका छन् , एट के एभरेस्ट मोशन पिक्चर्सले प्रस्तुत गरेको यश म्युजिक भिडियोको निर्माता मनोज बस्नेत हुन ।