बिदेशी अनुदानले मात्रै मुलुक समृद्ध बन्दैन : नेकपा नेता भुसाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिदेशी अनुदानले मात्रै मुलुक समृद्ध बन्दैन : नेकपा नेता भुसाल



बुटवल । संघीयसभा सांसद तथा नेकपाका नेता घनश्याम भुसालले बिदेशीको अनुदान सहयोगले मात्रै राष्ट्र समृद्ध बन्न नसक्ने बताएका छन् ।
‘अनुदानले देश बन्दैन,अनुदानमा केके सर्त हुन्छन् ,बरु ऋण ठीक हो,देशले पचाउन सक्ने सामथ्र्य भए ऋणले राष्ट्र डुब्दैन ।’
ऋण ल्याएर भक्ता बाड्ने,भ्रष्टाचार गर्ने काम भए मुलुक सत्यानाशै र बर्बादै हुने उनको भनाइ छ । रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता भुसालले  कांग्रेस कांग्रेस ऐतिहासिक रुपमा पछि परेको बताए ।
‘हिजो कांग्रेस कति बलियो थियो,चुनाबमा यसरी हारिन्छ भन्ने त डिएन्एमै सोचेकै थिएन ।’ उनले थपे—‘ अहिले कम्युनिष्टलाइ ठुलो अबसर छ ,ऐतिहासिक अबसर छोप्न नसके हामी पनि कांग्रेसझैं पछि पर्छाैं ।’
उनले नेपालमा २००७ हुदै २०४६ सम्म त कम्यसनिष्ट निकै सानो भएको बताउदै ०४६ पछि मात्रै कम्युनिष्ट उदाएको चर्चा समेत गरे ।
उनले भने—‘इतिहासमा कांग्रेस पछाडि परेको तर्क गर्दै कांग्रेसले नै बनाएको भए मुलुक बन्थ्यो,अब हामीपनि सकेनौं भने मौका गुमाउछौं ।’
नेकपाका नेता समेत रहेका उनले बिकास र नेपालको भबिश्य कम्युनिष्टको हातमा आएको बताए । उनले भने—‘अब पार्टी नै भ्रष्टाचार बिरोधी छन् भन्ने कुरा नेकपाले प्रमाणीत गर्नुपर्छ,पार्टीभित्र भ्रष्टाचार भए बाहिर लड्न सकिदैन,दुनियासंग लड्न सक्नेगरि हामी पार्टी निर्माण गर्छाै ।’
संघीयतालाइ बलियो बनाउनेगरि अहिलेको बजेट आएको भन्दै नेता भुसालले राजनीतिक प्रतिबद्धता भएमात्र बजेटको कार्यान्वयन हुने प्रष्ट पारे । प्रदेशको संरचना नबनेकाले आएको बजेट कम देखिएको उनको निचोड छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी राष्ट्रपतिको कुरा निकाल्नु अहिलेको सन्दर्भ भन्दा फरक भएको उनको भनाइ छ । ‘अहिले संबिधान कार्यान्वय गर्ने बेला हो ,पहिला यस्लाइ कार्यान्वयन गरौं यदि भएन भने त्यतिबेला गरौंला,यस्लाइ कस्ले रोकेको छ र ,उहानै अध्यक्ष हुनुहुन्छ ।’
यसबारे भित्रि सहमति भएको हो भन्ने प्रश्नमा भुसालले कुनै सहमति नभएको र जे हुन्छ सहमति मै हुने दाबि गरे । कम्युनिष्ट वा कांग्रेसबाहेकले देश चलाउन नसक्ने भन्दै उनले भने—‘ कि हामी कि कांग्रेस अर्काे कुनै क्षेत्रिय दल वा नया खोलेका दलले सत्ता चलाउन सक्दैनन् ।’
अहिले कांग्रेसले आफुलाइ डिफेन्सी मेन्टालिटी बनाएको भन्दै भुसालले कम्युनिष्टले कांग्रेसको नहेपेको दाबि गरे ।
अहिलेसम्म चीनसंग नेपालको सम्बन्ध समस्या रहित रहेको भन्दै उनले भने—‘चीनबाट पुल मागेर,हाइड्रो ,रेल मागेर हामी धनी हुदैनौं ,रेलमा त हामी नै हिड्ने होलानी ?’
जिम्मेबार बिहिन भएर कहिलेसम्म बस्नुहुन्छ ? भन्ने प्रश्नमा उनले ठोस जिम्मेबारी मात्रै नभएको र जिम्मेबारी त भएको दाबि गरे ।
बरिष्टता,सक्रियता एकताको भाबना बिकास हुनेगरि अनुसार तल्लो तहसम्ममा पार्टी एकिकरण हुने र ३ महिनामा एकता नसकिने र ६ महिना जतिमा एकता सकिने उनले बताए ।
पार्टी एकिकरणका बेला हुलुमलमा कोहि अगाडि गएपनि पछि सबै ठिक ठांउमा आउने उनको दाबि छ ।
‘अहिलेका अर्थमन्त्रीले बड्ता गफ गर्नुहुन्छ की भन्ने डर लाग्योथ्यो,अर्थमन्त्रीले गफ गर्नुभएन , उत्पादनका लागि खर्च गर्ने गरि बजेट आउनुपथ्र्याे तर प्राथमिकतामा केहि कमी भए छ अर्काे बर्षदेखि बजेटले ट्याकमा जान्छ ’।
दुनियाका अगाडि चुनाबमा ५ हजार भत्ता बढाउछौं भनेपनि ढुकुटीमा पैसा नभएकाले बांड्न नसकिएको उनको भनाइ छ ।
बुटवलको तिनाउ नदीको दोहन गरि ब्रह्मलुट मच्चाइएको भन्दै उनले आफुलाइ पनि लज्जीत बनाएको बताए ।
‘अरबौको लुट हुदा मिडिया पनि कम आयो ,नेता पनि कम बोले, एक्लै भएको छैन यहा पुलिस होला,कर्मचारी होलान्,अब यस्लाइ तत्कालै रोकिनेछ’ उनले भने ।स्थानीय तहमा पुगेका अधिकार अभ्यास गर्न अन्यौल भएको भन्दै उनले अधिकार दुरुपयोग नगर्न जनप्रतिनिधिलाइ आग्रह समेत गरे ।साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।