एमाले उपमहासचिव भुसालले फर्साटिकरमा पढाउने - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

एमाले उपमहासचिव भुसालले फर्साटिकरमा पढाउने



बुटवल । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद घनश्याम भुसालले विपन्न २ बालबालिकालाई फर्साटिकर मावि रुपन्देहीमा पढाउने भएका छन् ।

सांसद भुसालले शुद्धोद्धन गाउपालिका वडा नम्बर ४ मा रहेको उक्त विद्यालयमा सोही गाउपालिकाका विशाल विश्वकर्मा र प्रशिन चालिसेको अविभावकत्व ग्रहण गरेका हुन ।

हरेक जनप्रतिनीधिले विपन्न परिवारका कम्तिमा एक जना विद्यार्थिलाई पढाउने नेपाल सरकारको कार्यक्रम अनुसार सांसद भुसालले कक्षा २ मा भर्नागरी ती बालकको कक्षा १० सम्मको सबै खर्च व्योहर्नेगरी अविभावकत्व ग्रहण गरेको भैरहवा स्थित उनको संसदीय सचिवालयले जनाएको छ ।

दर्शन र राजनीतिमा नाम चलेका पुर्व मन्त्रीले आफुहरुको विद्यालयका विद्यार्थिको अविभावकत्व ग्रहण गर्दा विद्यालयमा चौतर्फी रुपमा उत्साह सृजना भएको विद्यालयका सहायक लेखापाल लक्ष्मण ज्ञवालीले जनाए ।
ज्ञवालीका अनुसार विशालका बुबा आमा ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्दछन् भने चालिसेको परिवारको अवस्था पनि अत्यन्तै नाजुक रहेको छ ।

सामुदायीक विद्यालयमा पढ्ने अधिकांश विद्यार्थिको आर्थिक अवस्था कमजोर हुने गरेको विद्यालयका प्रधानाध्यापक देवराज पौडेलले जनाए । उनले भने ‘हाम्रो विद्यालयमा सामन्य पोशाक र कापी समेत किन्न नसक्ने विद्यार्थि छन् ।

तीनै विद्यार्थि मध्येबाट विशाल र प्रशिनलाइ सम्पुर्ण पढाई खर्चको जिम्मा लिदैं माननीय भुसाल ज्यूले विद्यालयमैआई विद्यालयलाई अन्य सहयोग गर्ने पनि जनाउनु भएको छ । हामी अत्यन्तै खुसी भएका छौं । ’
विक्रम सम्बत २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा गत वर्ष कक्षा १ देखी १० सम्म ८ सय ७२ जना विद्यार्थि रहेका थिए ।

कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा माक्र्सवादका कुशल व्याख्यता भुुसाल पनि अविभावक भएसंगै विद्यालयको शैक्षिक गुणस्तरमा समेत सुधार हुने धेरैले अपेक्षा गरेका छन् ।यो हप्ता देशैभर जनप्रतिनिधीहरुले विपन्न परिवारका विद्यार्थिको अविभावकत्व ग्रहण गर्नेगरी विद्यार्थि भर्ना अभियानमा सहभागी भएका छन् ।

सामन्यतया यो सकारात्मक हो तर २, ४ सय विद्यार्थिको अविभावकत्व ग्रहण गरेर पढाउनु भन्दा सरकार र जनप्रतिनिधीले सबै सामुदायीक विद्यालयमा गुणस्तरीय र निशुल्क शिक्षाकोलागी विशेष अभियान चालेमा लाखौं विद्यार्थिको भविष्य स्वतः सुनिश्चित हुने थियो ।