गीतकार सुषमा र संगीतकार राज सागरसंग गायिका अन्जुको अर्को सहकार्य 'खोजिरहेछु' सार्वजनिक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गीतकार सुषमा र संगीतकार राज सागरसंग गायिका अन्जुको अर्को सहकार्य ‘खोजिरहेछु’ सार्वजनिक



काठमाडौँ  : गायिका अन्जु श्रेष्ठको पप गीत ‘खोजिरहेछु’ सार्वजनिक भएको भएको छ । गीतकार सुषमा देवकोटाको शब्द र राज सागरको सङ्गीतमा रहेको पप गीत ‘खोजिरहेछु’ सङस नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

किशोरावस्थाबाट यौवनतिर प्रवेश गर्दै गरेकी एउटी केटीमा देखिने चन्चलता र कल्पना भाव बोकेको यो गीतको सङ्गीत संयोजन पनि राज सागरकै रहेको छ भने गीतलाई भ्वाईसफ नेपालले बजारमा ल्याएको हो ।

केही महिना अघि सार्वजनिक ‘ढाकाटोपी’ बोलको लोक आधुनिक गीतमा राज सागरसंगै गायन र अभिनयमा देखिएकी गायिक अन्जुको सो गीतको चर्चा भइरहेको समयमै उनले पछिल्लो पप गीत खोजिरहेछु श्रोतामाझ ल्याएकी हुन् ।

लगातार तेस्रो गीतमा गीतकार सुषमा देवकोटासंग काम गरिरहेकी गायिका श्रेष्ठको सहकार्यका हिसाबले राज सागरसंग सार्वजनिक गीतहरू मध्य यो गीत पाचांैैै हो । आधुनिक गीतको एल्बमको तयारीमा रहेकी श्रेष्ठले आगामी एल्बममा पनि राज सागरका संगीतहरु लिएकी छन् ।

शास्त्रिय सङ्गीतमा डिप्लोमा गरेकी गायिका अन्जु श्रेष्ठले आफ्नै शब्दमा रहेको ‘रातो साडी’ बोलको तिज गीत लिएर औपचारिक रूपमा सङ्गीत क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसपछिका हरेक वर्ष तीजका गीतहरू ल्याउँदै आएकी अन्जुले पछिल्लो समय सार्वजनिक भएका ‘ढाकाटोपी’ र ‘खोजिरहेछु’ गीत ल्याएसंगै उनमा फरक-फरक शैलीका गीतमा पनि उत्तिकै दक्षता रहेको प्रमाणित भएको छ । सार्वजनिक भएका गीतहरुमा आफैँ अभिनयमा देखिँदै आएकी गायिका श्रेष्ठको अभिनयकला पनि तारिफ योग्य रहेको छ ।