गीत संगीतमा लागेर पछुताएकी छैन : गायिका जुन प्रसाई - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गीत संगीतमा लागेर पछुताएकी छैन : गायिका जुन प्रसाई



ताप्लेजुङमा जन्म भई हाल झापामा स्थाई रूपमा बस्दै आएकी  गायिका जुन प्रसाईसँग हिमाल पोस्ट सहकर्मी  ओम प्रकाश बानियाँले कतारमा लिएको अन्तर्वार्ता जस्ताको तस्तै:

अहिलेसम्म कति वटा गीत  गाउनु भयो ?

– धेरै गाए। गाउने क्रममा पनि छु । अरू पनि गीत  रेकर्डिङको तर्खरमा छ ।

 घर परिवारबाट कतिको सहयोग पाउनु भएको छ ?

– धेरै नै सहयोग पाएको छु । अहिलेसम्म यहाँ आएको नै घर परिवारको कारणले हो । म आफूलाई निकै भाग्यमानी ठान्छु ।

एउटा स्टेज पोग्रामको कति लिनुहुन्छ ?

– नेपालमा ३०/३५ हजार सम्म लिने गरेको छु । विदेशमा त्यस्तो फिक्स छैन । कुनै सामाजिक कामको लागि हो भने फ्रीमा गाएको पनि छु ।

कसरी गायक बन्ने सोच आयो ?

– मेरो सानै देखिको रुचि थियो गायनमा । पहिला गाउँ घर, कलेज आदि कार्यक्रममा गीत  गाउने गर्थे । शिरियस भएर लागेको चैँ सायद  केही वर्ष भयो ।

यो क्षेत्रमा आएर सही गरे जस्तो लाग्छ कि गल्ती गरे जस्तो लाग्छ ?

– गायनको पनि पछिल्लो समय राम्रो सम्भावना छ नेपालमा तर यहाँ असली गायक, गायिका भन्दा पनिि नक्कली गायक गायिका हिट हुने प्रथा रोकिएको छैन । समग्रमा भन्नु पर्दा पछुतो लागेको छैन ।

 रियल लाईफ भन्दा कतिको फरक छ यो दुनियाँ ?

– रियल लाईफ भन्दा धेरै नै फरक छ यो दुनियाँ । तै हो यसलाई कसरी अगाडि बढाउने त्यो आफूमा भर पर्ने हुन्छ ।

नेपाली गायन क्षेत्रलाई अगाडि बढाउन तपाईँबाट के आस गर्ने सकिन्छ ?

– म यस क्षेत्रमा आएको सिरिफ पैसा कमाउनलाई होइन । यहाँ भित्र रहेको विकृति विसङगतीलाई चिर्ने पनि हो । यहाँ राम्रो भन्दा पनि हाम्रोलाई च्यापने जुन परम्परा छ । त्यसलाई चिर्ने जरुरी छ । म निष्ठा पूर्वक लाग्ने छु यस क्षेत्रलाई अगाडि बढाउनको लागि ।

प्रेम सम्बन्धमा हुनुहुन्छ होला नि ?

– छैन अहिले । आफ्नो केरिएर बनाउदैछु ।

 राजनीति तिर कतिको अपडेट हुनुहुन्छ ?

– राजनीति भन्ने कुरा मेरो बहस विषय परेन । रुचि पनि छैन । तर देशको प्रधानमन्त्री शेर वा. देउवा हुन् भन्ने थाहा छ ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

– तै हो मैले आफ्नो सक्दो गर्ने छु जहिले पनि । मलाई यहाँ सम्म ल्याउने मेरो परिवार लगायत मेरो सम्पपूर्ण फ्यानलाई अझ साथ सहयोग अनि हौसला बढाएकोमा धन्यवाद दिन चाहन्छु ।