गजल : .... जिस्म तिम्रो जायका लूआब छ। - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

गजल : …. जिस्म तिम्रो जायका लूआब छ।



– बादल बस्‍नेत

कि त मेरो नजारा, खराब छ
नत्र तिम्रो हुस्‍नमा, सराब छ

ती नयनैले, मात चढाउँछन्
सपथ खूबसूरत, लाजवाब छ

प्यार मर्दैन, ए कातिल दुनियाँ
चिरेर हेर मुटु, रातो गुलाब छ
तिम्रो मुस्कान के गर्नु बयान
ओठमा तिम्रो हजार जवाब छ
हजारौँमा एक, छ तिम्रो यौवन
जिस्म तिम्रो,जायका लूआब छ ।