गायीका प्रश्ना पाण्डेको “हृदयको कुना भित्र” बोलको गीतमा उनकै भाइ प्रमोद मोडलको रूपमा देखिद‌ै - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

गायीका प्रश्ना पाण्डेको “हृदयको कुना भित्र” बोलको गीतमा उनकै भाइ प्रमोद मोडलको रूपमा देखिद‌ै



समीर प्रकाश पाण्डे/भदौ २१ 

झापामा जन्मिएर हाल देशकै राजधानी काठमाडौमा बस्दै आएका प्रमोद पाण्डे मोडलिङ क्षेत्रमा लागि परेका छन् । पछिल्लो समयमा मोडलिङ को रहर अवसर को खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यति सजिलो पक्कै छैन ।

म्युजिक भिडियोमा मोडलिङ गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन् तर मोडलिङमा सबैले स्थान पक्कै पाएका छैनन् । यही भिडमा फेरी अर्को नाम थपिएको छ प्रमोद पाण्डेको । पछिल्लो समय युवा पुस्ताले निकै नै रुचाएकी गायिका प्रश्ना पाण्डेको “हिदयको कुना भित्र” बोलको गीत बाट प्रमोदले मोडलिङ यात्रा सुरु गर्दै छन् । प्रश्नाको आफै भाइ भएकाले यो क्षेत्रमा रम्न केही सहज भने पक्कै हुने छ प्रम‍ोदलाई ।

भर्खरै मात्र छायंकन सकिएकाे गीतमा चर्चित गायक प्रमोद खरेल र गायिका प्रश्ना पाण्डेको स्वर रहेको छ यस्तै गीतकार पूजा मारीयाको शब्द सङ्गीतकार राम सिटौलाको सङ्गीत र सङ्गीत संयाेजन प्रदीप श्रेष्ठले गरेका छन् ।

गोविन्द बास्तोलाको निर्देशनमा रहेको भिडियोलाई प्रेम चापागाईले खिचेका छन् । भिडियोमा ६.२ इन्च अग्ला प्रमोदलाई सन्ध्या भट्टराईले साथ दिएकी छन् । भिडियो अब केही दिनमै रिलिज हुने प्रमोदले हिमाल पोस्टको सँग कुराकानीमा बताए ।